May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

बालेन विरुद्ध मुद्दा

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १३:0३
बालेन विरुद्ध मुद्दा

काठमाडौं ।।

भारतीय फिल्मलाई रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ । चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले काठमाडौं महानगरविरुद्ध बिहीबार उच्च अदालत पाटनमा निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका थिए ।

  • भारतीय फिल्मलाई रोक लगाउने निर्णयविरुद्ध मुद्दा 
  • चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले रिट दायर गरेका थिए
  • मुद्दा न्यायाधीश चन्दको इजलासमा परेको छ

संघको तर्फबाटका कानुन व्यवसायी जयलाल भण्डारीले यो मुद्दामा आजै आदेश आउन सक्ने सम्भावना रहेको बताए । उनका अनुसार यो मुद्दामा मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो ।

मेयर शाहको निर्देशनमा सोमबारदेखि काठमाडौं महानगर क्षेत्रभित्रका सिनेमा हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो । उनको निर्णयको सिको गर्दै पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकालगायतले पनि आदिपुरुषमा समावेश डायलग नसच्चाएसम्म भारतीय फिल्म रोक्ने निर्णय गरेका थिए ।

यसैबीच मेयर शाहविरुद्ध नागरिक उड्डयन प्राधिकरणले दायर गरेको प्रतिषेध मुद्दा पनि न्यायाधीश चन्दकै इजलासमा परेको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।