sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पत्रकारिता यथार्थपरक हुनुपर्छ : मुख्यमन्त्री

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:५३
पत्रकारिता यथार्थपरक हुनुपर्छ : मुख्यमन्त्री

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकारिता निष्पक्ष, विश्वसनीय र यथार्थपरक हुनुपर्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित मधेश प्रदेश सञ्चार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशका पत्रकारको हक, हित, संरक्षण र पेसागत दक्षताका लागि मधेश सरकारले चाहेजति सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । आगामी बजेटबाट मधेश प्रदेशका पत्रकारको सहयोगमा एक करोड २५ लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने र जग्गा उपलब्ध भए मधेश प्रदेश सञ्चार भवन निर्माणका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराउने वचन उहाँले दिनुभयो ।

प्रदेशमा विकास र भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने विषयमा चिन्ता लागेको उहाँले बताउनुभयो । सङ्घीय सरकारबाट भ्रष्टाचार नियन्त्रण नहुने दाबी गर्दै उहाँले सङ्घीय सरकारले प्रहरी र कर्मचारी समायोजन गर्न दिएको खण्डमा २४ घण्टाभित्र भ्रष्टाचार नियन्त्रण गरेर देखाउने अठोट गर्नुभयो ।

कार्यक्रममा रौतहटका प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, रौतहट–४ का प्रदेश सभा सदस्य युवराज भट्टराई, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाललगायत मधेश प्रदेशका पत्रकारहरूको उपस्थिति थियो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid