May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

सेयर बजार दोहोरो अंकले घट्यो

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ १६:१२
सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेको सेयर बजार कारोबारमा साताको अन्तिम कारोबार दिन पनि सुधार आएन । बिहीबार बजार परिसूचक १९.५६ अंकले घट्दै १९७२.१४ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि लगातार घटेको छ ।

५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९ करोड ३६ लाख रुपैयाँ छ । यसअघि गत मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ विन्दुमा रह्ँदा कारोबार रकम २ अर्ब १० करोड ३० लाख रुपैयाँ थियो ।

सोमबार २ अर्ब ७९ करोड ७५ लाख र आइतबार बजार कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो । १३ उपसमूहमा आज पनि सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो । लघुवित्त, उत्पादन तथा प्रशोधन, विकास बैंक उपसमूह अधिक घटेका छन् ।

कारोबारमा आएका कम्पनीमध्ये २ सय ११ वटाको सेयरमूल्य घट्दा लगानीकर्ता नोक्सानमा छन् । २७ कम्पनीको सेयरमूल्य बढ्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट