May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सर्वोच्चले पठायो मुख्यमन्त्री मुद्दा पूर्ण इजलासमा

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १४:४५
सर्वोच्चले पठायो मुख्यमन्त्री मुद्दा पूर्ण इजलासमा
  • कोशी प्रदेशका मुख्यमन्त्रीको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा 
  • विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश
  • कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान

काठमाडौं ।।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ ।सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो प्रक्रियाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दाको सुनुवाइका लागि न्याधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलास तोकिएको हो ।सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अनुसार संयुक्त इजलासलाई कुनै मुद्दामा जटिल कानुनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने लागेमा पठाउन सक्ने व्यवस्था छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि एमाले संसदीय दलका नेता कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।