Deprecated: Required parameter $categories follows optional parameter $offset in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 16

Deprecated: Required parameter $cat_id follows optional parameter $post_offset in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 40
विद्यार्थीहरुले गर्मि बिदालाई सहि सदुपयोग गर्दै – साझा परिवेश
March 15, 2025 | शनिबार, चैत्र १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विद्यार्थीहरुले गर्मि बिदालाई सहि सदुपयोग गर्दै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:३१
विद्यार्थीहरुले गर्मि बिदालाई सहि सदुपयोग गर्दै

 चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना-टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ । झण्डै एक साता लामो विद्यालय बन्दका क्रममा विद्यार्थीहरू पौडी खेल्न खोलामा जाने, झनै घाममा हिँडडुल गर्न सक्ने भएकाले उनीहरूलाई सिप सिकाउने उद्देश्यले ग्लोसाइन एकेडेमीले दुनाटपरी बनाउने र बत्ती कत्ने तालिम दिएको हो । ‘विद्यार्थीहरु घरभित्रै व्यस्त हुने, सिप पनि सिक्ने र हाम्रो संस्कृति र परम्पराको जर्गेनासमेत हुने ठानेर तालिम आयोजना गरिएको हो,’ विद्यालयका प्राचार्य टेकराज अधिकारीले भने ।

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु यो तालिममा सहभागी छन् । तालिम अभिभावकहरू (आमाहरू) ले दिएका छन् । ‘विद्यालयले पात र सिन्का उपलब्ध गराएको छ, अनुभवी हाम्रै आमाहरुले आएर तालिम दिनुभएको छ, विद्यार्थीहरु निकै उत्साहित छन्,’ विद्यालयका प्राचार्य अधिकारीले भने, ‘हरेक घरमा हुने पूजाआजा लगायतका धार्मिक काममा दुनाटपरीको खाँचो पर्छ, अहिलेको नयाँ पुस्तालाई हामीले यो ज्ञान नसिकाए हराउँदै जाने खतरा पनि देखियो ।’ दुनाटपरी बनाउने र कपासका बत्ती कात्ने तालिममा छात्रहरूभन्दा बढी छात्राहरू उत्सुक देखिएको प्राचार्य अधिकारीको भनाइ छ ।

तालिममा ९६ जना छात्रा र १४ जना छात्र सहभागी छन् । ‘सालको पात टपरी हुने भन्ने गीत मात्रै सुनेका अहिलेका बालबालिकाहरुले सालको पातबाट कसरी टपरी बनाउन सकिन्छ भनेर आफ्नै आँखा अगाडि देख्न र सिक्न पाए,’ विद्यालयका प्राचार्य अधिकारीले भने, ‘साना–साना बालबालिकालाई सिकाउन पाउँदा अभिभावकहरू पनि खुसी हुनुभएको छ, सिप जीविकोपार्जनका लागि टेवा दिने खालको पनि छ ।’ उनले तालिमबाट उत्कृष्ट तीन विद्यार्थीलाई छनौट गरेर पुरस्कृत गरिने बताए । बजारबाट सालको पात र सिन्का किनेर ल्याएर घरमा आफैंले दुना टपरी बनाउन सक्ने गरी विद्यार्थीलाई सिकाइने उनको भनाइ छ ।

विद्यालयले दुना, टपरी बनाउने र बत्ती कात्ने तालिमलाई विद्यालयको शैक्षिक क्यालेण्डरभित्रै समावेश गरेको छ । आउने दिनमा सेलरोटी पकाउने र च्याउ खेती गर्ने तालिम दिने योजनासमेत रहेको विद्यालयका प्राचार्य अधिकारीले जानकारी दिए ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्