April 6, 2025 | आइतवार, चैत्र २४, २०८१
सुचनाहरु
चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा

टोपबहादुर पक्राउ परेका छैनन् : नेपाल प्रहरी

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १६:२१
टोपबहादुर पक्राउ परेका छैनन् : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले नेकपा (एमाले)का सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी अहिलेसम्म (बिहीबार दिउँसो ३ बजेर ५० मिनेट) पक्राउ नपरेको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले बाहिर हल्ला गरिए पनि सांसद रायमाझी पक्राउ परिनसकेको जानकारी दिए ।

“अहिलेसम्म रायमाझी पक्राउ परेको सूचना हामीलाई छैन,” डीआईजी कडायतले बाह्रखरीसँग भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने रायमाझीलाई बाटोबाटै पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ताका लागि सिंहदरबार पुगेका ओलीले आफ्नो पार्टीका सचिव रायमाझी भाग्ने मान्छे नभएको भन्दै आपत्ति जनाएका हुन् । उनले आफूले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको बताएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट