April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

प्रादेशिक अस्पतालमा बेथिति : प्राविधिक जनशक्तिको अभावमा आधुनिक उपकरण थन्किए

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:१४
प्रादेशिक अस्पतालमा बेथिति : प्राविधिक जनशक्तिको अभावमा आधुनिक उपकरण थन्किए

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेका दुई ठुला सरकारी अस्पताल हुन्– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तीन सय बेड र राप्ती प्रादेशिक अस्पतालले ५० बेडसहित सेवा प्रवाह गरिरहेका छन् ।

प्रतिष्ठानका तीन सय बेडमध्ये १० बेडमा आईसीयु सेवा सञ्चालन गरेको छ भने राप्ती प्रादेशिक अस्पतालमा आईसीयु र भेन्टिलेटर सेवा छैन ।

कोरोना महामारीमा राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरले प्रदेश तथा संघीय सरकारको सहयोगमा सय बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको थियो । उक्त अस्पतालमा २० बेड आईसीयु र ९ बेड भेन्टिलेटर सेवा सञ्चालनमा थियो ।

तर, महामारीको प्रभाव कम भएसँगै आईसीयु र भेन्टिलेटर उपकरण अस्पतालको गोदाममा थन्किएका छन् । जिल्लामा सरकारी अस्पतालको स्वास्थ्य सेवाको अवस्था र संरचनामा केही सुधार देखिए पनि सघन उपचार सेवाको अवस्था भने उस्तै नाजुक छ ।

महामारीको समयमा सञ्चालित आईसीयु र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका हुन् । राप्ती प्रादेशिक अस्पतालको गोदाममा २० थान आईसीयु उपकरण र ९ थान भेन्टिलेटर उपकरण अलपत्र अवस्थामा छन् ।

महामारीको समयमा चलेको आईसीयु र भेन्टिलेटर सेवा प्राविधिक जनशक्ति र संरचना नहुुँदा अहिले अस्पतालले चलाउन नसकेको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. ओम अर्यालले बताए । उनले भने, ‘अस्पतालमा आईसीयु र भेन्टिलेटर सेवा छैन । तर महामारीका समयमा अस्पतालले खरिद गरेको उपकरणहरु भने अहिले गोदाममा छन् ।’

कोरोना महामारीको समयमा सरकारले उक्त उपकरण राप्ती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । ती उपकरण अहिले प्रयोगबिहीन हुँदा दाङवासीले सघन स्वास्थ्य उपचार सेवाको अभाव झेल्नुु परेको छ । कतिपयले आईसीयुु तथा भेन्टिलेटरको अभावमा ज्यानसमेत गुुमाउनुु परिरहेको छ ।

डा. अर्यालले थपे, ‘उपकरण त छन् तर संरचना छैनन्, संरचना बनाउन सकिन्थ्यो तर उपकरण चलाउने प्राविधिक जनशक्ति छैनन् ।’

उपकरण व्यवस्थापनसँगै सरकारले उक्त उपकरणको सञ्चालन तथा व्यवस्थापनका लागि संरचना र जनशक्ति बन्दोबस्त गर्न सके दाङवासी सघन उपचार सेवा जिल्ला बाहिर जानुुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।