July 2, 2025 | बुधबार, असार १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्त्रालयबाट सहयोग प्राप्त भएन, आफ्नै अधिकार प्रयोग गरि तार व्यवस्थापन गछौँ : बालेन शाह

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:१८
मन्त्रालयबाट सहयोग प्राप्त भएन, आफ्नै अधिकार प्रयोग गरि तार व्यवस्थापन गछौँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पोलहरूमा भएको अव्यवस्थित तारलाई व्यवस्थापन गर्नमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट असहयोग भएको भन्दै महानगरले आफ्नै अधिकार प्रयोग गरि तार व्यवस्थापन गर्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालबाट तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भएको जानकारी उनले दिएका हुन्।

उनले भनेका छन,‘हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ,यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो, तर त्यसको विपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो।’

उनले समस्यालाई यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने बताए। ‘आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ,’उनले भने,‘शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ, यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ, तर तपाईहरूले साथ दिनु हुनेछ भन्ने अपेक्षा  राख्दछौ।’

उनका अनुसार गत वर्षमात्रै अव्यवस्थित तारहरूको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ छ। उनले भने,‘शहरका पोलहरूमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला,त्यसमा हजारौं मिम बनेका छन्, ट्रोल भएका छन्,भौतिकरुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन्,यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो, त्यसतिर कुनै सुनुवाइ भएन।’

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट