May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर

प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:३७
प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ
  • बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने
  • दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ
  • जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा जानकारी 

काठमाडौँ ।।

बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ परेका छन्। पशुपति खड्का, मणिन्द्र राजभण्डारी लगायत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। बल्खुमा बिहीबार झडपका क्रममा प्रदर्शनकारीको ढुंगा लागेर ५ जना प्रहरी घाइते भएका थिए। उनीहरूको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

यस्तै २३ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।शुक्रबारदेखि प्रसाईंले आफ्नो समूहलाई काठमाडौँको तीनकुनेमा भेला हुन सूचना गरेका थिए। प्रशासनले उनलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको थियो। तीनकुनेमा भने कार्यक्रम गर्न अनुमति नरहेको भन्दै त्यहाँ आन्दोलन गरे कारबाही हुने चेतावनी दिइसकेको छ। प्रसाईंका कार्यकर्तालाई तीनकुने आउन दिइएको छैन। प्रशासनको चेतावनी र प्रहरीको अवरोधपछि प्रसाईंको शुक्रबारको कार्यक्रम नै अनिश्चित बनेको छ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट