July 6, 2025 | आइतवार, असार २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

त्रिविका विभागीय प्रमुखमाथि आंशिक शिक्षकको गुण्डागर्दी, पार्टीगत भागबण्डामा करार नियुक्तिको दबाब

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:२४
त्रिविका विभागीय प्रमुखमाथि आंशिक शिक्षकको गुण्डागर्दी, पार्टीगत भागबण्डामा करार नियुक्तिको दबाब

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकका रूपमा कार्यरत ललित विष्ट केन्द्रीय समाजशास्त्र विभागका प्रमुख डा. युवराज लुईंटेलमाथि टोलेगुण्डाको शैलीमा प्रस्तुत भएका छन् । शान्त र शालिन छविका डा. लुईंटेललाई उनले कार्यकक्षमै पटक-पटक हेल्मेट उज्याएका थिए ।

यो घटना गत १३ वैशाखको हो, जुन दृष्य सीसीटीभी फुटेजमा पनि कैद भएको छ । भिडिओमा विष्टले अपशब्दसहित निरन्तर गालीगलौज गरेको तथा तोडफोडसमेत गरेको दखिन्छ । डा. लुईंटेलले संयमित भएर जवाफ दिइरहँदा पनि उनले तुच्छ र उद्दण्ड व्यवहार देखाएका थिए । विष्टलाई रोक्नका लागि प्रहरी नै बोलाउनु परेको थियो ।

गत १७ गते पनि उनले यस्तै व्यवहार दोहोर्‍याएपछि घटनाको भिडिओ फुटेजसहित हिजो लुईंटेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका छन् । प्रहरीले यसमा अनुसन्धान सुरू गरेको छ ।

विष्ट चार वर्षदेखि त्रिविमा आंशिक शिक्षकका रूपमा कार्यरत छन् । उनी राजनीतिक पहुँच प्रयोग गरी जागीर खान आएका थिए । अहिले त्रिविको समाजशास्त्र विभागमा उनीसहित पाँचजना आंशिक शिक्षक छन् । आंशिक शिक्षकहरूले पिरियडका आधारमा पारिश्रमिक पाउने गर्छन् । करार शिक्षकले भने मासिक तलब-सुविधा पाउँछन् ।

विभागले आंशिक शिक्षकहरूमध्येबाट ३ जनालाई करारमा नियुक्ति गर्ने प्रयास गरिरहेको छ । उनीहरूलाई करारमा लैजान मिल्ने गरी आंशिक शिक्षक व्यवस्थापन कार्यविधि बनाइएको थियो । त्यसकै आधारमा तीनजनालाई करारमा नियुक्त गर्नका लागि विभागीय प्रमुख डा. लुईंटेलले त्रिवि उपकुलपतिको कार्यालयमा पत्राचार गरेका छन् । तर, कार्यालयले त्यसको जवाफ दिएको छैन । कार्यालयको स्वीकृतिविना करारमा नियुक्त गर्न मिल्दैन ।

पाँच करार शिक्षकमध्ये योग्यताका आधारमा विष्ट सबैभन्दा पछाडि छन् । एकजनासँग फ्रान्सको र अर्कासँग जर्मनीको पीएचडी छ । थप दुईजना एमफिल डिग्री प्राप्त हुन् । विष्टले भने स्नातकोत्तरमात्रै गरेका छन् । योग्यताका आधारमा नियुक्त गर्दा आफू नपर्ने निश्चित ठानेर नै विष्टले गुण्डागर्दी गरेका हुन् ।

पार्टीगत आधारमा कोटा छुट्याएर करार शिक्षक नियुक्त गर्नुपर्ने उनको अव्यक्त माग छ । उनी एमालेको कोटाबाट त्रिविमा जागीर खान आएका हुन् । उनी पार्टटाइम शिक्षकहरूको तर्फबाट नेतागिरीसमेत गर्दै आएका छन् । त्रिविमा १ हजारभन्दा बढी पार्टटाइम शिक्षक छन् । उनीहरूको एउटा समूहले केही समयअघि शिक्षा सेवा आयोगको कार्यालयमा धेरै दिनसम्म तालाबन्दी गरेको थिए । सेवा आयोगले स्थायी शिक्षक नियुक्त गर्नुअघि नै आफूहरुलाई करारमा नियुक्त गर्नुपर्ने उनीहरुको माग थियो । यसरी तालाबन्दी गर्नेमा विष्ट पनि एक थिए ।

भिडिओ फुटेजमा विष्टले विभागीय प्रमुखको टेबलमा रहेका केही कागजहरू पनि फालेको देखिन्छ । ती कागजहरू पीएचडीका प्रपोजल हुन् । एमएको थेसीस प्रपोजल आफूलाई नदिइएको भनेर उनले आक्रोश व्यक्त गरेका थिए । स्रोतका अनुसार अहिलेसम्म एकजना पनि विद्यार्थीले विष्टको अन्डरमा थेसीस लेखेका छैनन् । कुनै पनि विद्यार्थीले थेसीस लेख्नका लागि उनलाई नरोजेको स्रोतको भनाइ छ । विद्यार्थीले नरोजिकन विभागीय प्रमुखले दिन मिल्दैन ।

स्रोतका अनुसार विभागले करार शिक्षक थपेर आफ्नै स्रोतबाट तलब खुवाउन सक्ने अवस्था छैन । स्वीकृति दिइएका करार शिक्षकको पारिश्रमिक पनि केन्द्रबाटै उपलब्ध गराउनुपर्ने विभागले निर्णय गरेर उपकुलपति कार्यालयलाई आग्रह गरेको छ । यसमा उपकुलपति कार्यालयले कुनै निर्णय लिएको छैन । विभागीय प्रमुख लुईंटेलले निरन्तर पहल भने गरिरहेका छन् ।

टीयू केन्द्रीय समाजशास्त्र विभाग प्रमुख डा. युवराज लुईंटेल

केन्द्रबाट स्वीकृति नआइकन आफूहरूले करारमा नियुक्त गर्न नसक्ने डा. लुईंटेल बताउँछन् । स्वीकृति आउनासाथ प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

‘हामीले आफ्नो तर्फबाट पत्राचार गरिसकेका छौं । जवाफको प्रतीक्षामा छौं । तर, आजै गर, अहिल्यै गर भन्ने ढंगले धाकधम्की दिने काम भयो,’ उनले भने ।

यस विषयमा विष्टसँग बुझ्न खोज्दा उनको मोबाइल स्वीच्ड अफ थियो ।

श्राेत : नेपाल प्रेस

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट