May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

पशुपति मन्दिरमा पशुबली रोक्न सचेतना

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १२:0५
पशुपति मन्दिरमा पशुबली रोक्न सचेतना

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा पशुबली रोक्न आग्रह गर्दै सचेतनामूलक कार्यक्रम गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले शनिबार बिहान ब्यानरसहित पशुबली रोक्न आग्रह गर्दै सचेतना कार्यक्रम गरेको हो । कुनै सहयोगबिना स्वतःस्फूर्त रूपमा २०७२ सालदेखि यो कार्यक्रम गर्दै आएको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका पूर्व अध्यक्ष मातृका प्याकुरेलले जानकारी दिए ।

२०५२ सालदेखि यो अभियान सुरु भए पनि २०७२ सालदेखि नियमित रूपमा अभियान सुरु गरेको प्याकुरेलले बताए । हरेक मंगलबार सडकपेटीहरुमा ब्यानर सहित पशुबली रोक्न आग्रह गर्ने र शनिवार बिहान विभिन्न मन्दिरहरूमा गएर पशुबली रोक्नका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए ।

मान्छेलाई शाकाहारी बनाउका लागि तथा पशुबली निषेध गर्न प्रत्येक साता नियमित रूपमा सचेतनामूलक कार्यक्रम गर्दै आएको उनले बताए ।
हिंसा, दुब्र्यशनका समस्या हटाउनका लागि, स्वास्थ्य राम्रो बनाउन र पृथ्वीको वातावरण जोगाउनका लागि यो अभियान थालिएको प्याकुरेलले बताए । अप्राकृतिक रूपमा मासु उत्पादन गर्ने चलन बढेकोले त्यसले पनि शरीरलाई पनि अस्वस्थ बनाउने र विज्ञानले पनि मांसाहारी व्यवहारबाट ग्लोबल वार्मिङ बढेको बताउँदै वनस्पतिजन्य खाना खान भनेकोले शाकाहारी अभियान अघि बढाउन आवश्यक रहेको उल्लेख गरे ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।