May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १६:१९
संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संविधानअनुसार नभएको बताएका छन्।

प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संविधानविपरीत भएको भन्दै संविधानमा नभएको अभ्यास गरेर प्रदेशसभालाई अपवित्र नबनाउन आग्रह गरेका छन्।

उनले संविधानको धारा अनुसार मात्र आफ्नो सरकार चल्ने बताउदै संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। उनले प्रदेशसभामा अलमलाउनका लागि संकल्प प्रस्ताव ल्याएको बताउँदै फिर्ता लिन अनुरोध गरेका छन्।

एमालेसहितका नेताहरुले मार्ग प्रशस्त गर्न गरेको आग्रहलाई अस्वीकार गर्दै मुख्यमन्त्री कार्कीले आफू संविधानअनुसार नै अगाडि बढ्ने बताए। उनले संकल्प प्रस्ताव पारित भएपनि नभए पनि आफू संविधानअनुसार मात्र चल्ने स्पष्ट गरेका छन्।

मुख्यमन्त्री कार्कीले आफ्नो सम्बोधनमा प्रदेशलाई अनिश्चिततामा नलैजान आग्रह गर्दै सर्बदलीय सरकार बनाउन अपिलसमेत गरेका छन्। उनले प्रदेशका सबै दललाई सहमतिको सर्बदलीय सरकार बनाउनसमेत आग्रह गरेका छन्।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।