July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अव्यवस्थित तार हटाउन सुरु

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १0:५४
अव्यवस्थित तार हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार व्यवस्थित बनाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तारलाई व्यवस्थित बनाउने काम थालेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिका बीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रका सडक किनारका पोलहरुमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तारलाई हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम सुरु भएको काठमाडौं महानगरका प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए ।

अव्यवस्थित तारले शहरी सुन्दरतामा ह्रास आएपछि र दुर्घटनाको जोखिम बढेपछि यसअघि महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।

दूरसञ्चार प्राधिकरणले तार व्यवस्थित बनाउने कामका लागि रुट प्लान समेत सार्वजनिक गरेको छ । माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगञ्ज, न्युरोड–बसन्तपुर हुँदै असन, माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरीको रुट निर्धारण गरिएको छ ।

यसैगरी डिल्लीबजार–अनामनगर हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर, नक्शाल–बालुवाटार हुँदै शीतलनिवास, माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर–अस्कल–रानीबारी हुँदै सामाखुसी, सोह्रखुट्टे–ढल्को–ताहचाल हुँदै स्वयंभु, सिनामंगल–पुरानोबानेश्वर हुँदै गौशाला, गौशाला–बौद्धनाथ र कालिमाटी–कुलेश्वर हुँदै बल्खुको रुट प्लान पनि बनाइएको छ ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आज बिहान माइतीघर मण्डला र न्यूरोड गेटबाट तार व्यवस्थापनको काम थालिएको जानकारी दिए ।

यी रुटहरुमा तार व्यवस्थित गर्ने काममा सबै सेवाप्रदायकहरुलाई अनिवार्य उपस्थित हुन दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा तार काटिएमा वा हटाइएमा सेवाप्रदायक आफैं जिम्मेवार हुनुपर्ने प्राधिकरणले चेतावनी दिएको छ । व्यवस्थित गर्ने क्रममा सेवा प्रदायक संस्थाको नाम वा अनुमतिपत्र नं. खुल्ने गरी तारमा ट्याग लगाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्