May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

स्थानीय तहका अधिकारहरु शिक्षा विधेयकमा हराउंदै गए : गाउँपालिका महासंघ

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १४:0१
स्थानीय तहका अधिकारहरु शिक्षा विधेयकमा हराउंदै गए : गाउँपालिका महासंघ
  • २०८० मा स्थानीय तहको अधिकार संकुचित गर्ने प्रयास भए असन्तुष्टि रहने 
  • विद्यालय तहको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको उल्लेख
  • अधिकारका विषयमा पनि हामीसहितको परामर्शमा संघीय सरकारले कानुन बनाउनुपर्छ
  • घरदैलोमा सिंहदरबार भन्ने मान्यतालाई व्यवहारिकरूपमा लागु गराउन हामी प्रतिबद्ध छौँ

काठमाडौं ।।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार संकुचित गर्ने प्रयास भए असन्तुष्टि जनाएकी छन् ।  काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले संविधानले विद्यालय तहको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको उल्लेख गरिन् । नेपाल शिक्षक महासंघलगायतले स्थानीय तह मातहतमा आफू बस्न मानिरहेका छैनन् ।

गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको सो विधेयक यही असोज २५ गतेको बैठकले  दफाबार छलफलका संसदीय समितिमा पठाएको छ । “संविधान मिच्ने अधिकार कसैलाई छैन । संविधानतः एकल अधिकार हामीले पाएको सवालमा कुनै कानुन बनाएर त्यसलाई खुम्च्याउन मिल्दैन । साझा अधिकारका विषयमा पनि हामीसहितको परामर्शमा संघीय सरकारले कानुन बनाउनुपर्छ,” अध्यक्ष पाण्डेले भनिन्, “कानुनी सहजता भए जनताका घरदैलोमा सिंहदरबार भन्ने मान्यतालाई व्यवहारिकरूपमा लागु गराउन हामी प्रतिबद्ध छौँ ।”

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।