April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण

शरणार्थीको ट्रेलर गजब, फिल्म झूर नबनाउनुस् : असिम शाह

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १३:५९
शरणार्थीको ट्रेलर गजब, फिल्म झूर नबनाउनुस् :  असिम शाह

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकको मुख्य उद्देश्य प्रि-बजेटको छलफल थियो । तर वर्षे अधिवेशनको यो दोस्रो बैठकमा केही दृश्यले ध्यानाकृष्ट गरे । सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभामै अर्धनग्न भए । केही सांसदले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर कटाक्ष गरे ।

यस्तो कटाक्ष गर्नेमध्ये एक थिए रास्वपा सांसद असिम शाह । पेशाले फिल्म निर्देशक र निर्माता समेत रहेका उनले संसदमा पहिलोपटक बोल्दा पनि फिल्मकै सन्दर्भअनुसार बोलेका थिए । सोमबार प्रतिनिधिसभाको बैठकमा पनि फिल्म निर्देशक समेत रहेका सांसद शाहले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई कटाक्ष गर्दै छानबिनमा खुट्टा नकमाउन आग्रह गरे ।

उनले यसो भनिरहँदा नेपाली फिल्मको पछिल्लो बजार प्रवृत्ति, ट्रेलर निर्माणदेखि फिल्म हिट र फ्लप हुने कुरासम्म उठाएका थिए । ‘अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थी प्रकरणको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ,’ उनले भने ।

शाहले संसदमा के भने ?

सम्मानीय सभामुख महोदय,

सदनमा मैले पहिलो मन्तव्य राजनीति र चलचित्र, यसका नायक र खलनायकको विषय उठाएको थिएँ । अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थीको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ ।

यस्तै सन्दर्भमा ब्लकबस्टर फिल्म निर्माण र निर्देशन गर्ने अनुभव भएको फिल्मकर्मी भएको नाताले सरकारलाई केही सुझाव दिन चाहन्छु, दर्शकको लागि चलचित्र बनाउँदैछौं भने दर्शकले बुझ्ने गरेर चलचित्र बन्नुपर्छ । जनताको लागि प्रदर्शनमा ल्याउन लागिएको यो भुटानी शरणार्थीको फिल्म जनताले बुझ्ने गरेर पारदर्शी ढंगले अनुसन्धान हुनुपर्छ, खुट्टा नकमाइयोस् । चलचित्रमा लगानीकर्ताको प्रलोभनमा परी उसको अनुकूल कथामा परिवर्तन गरियो भने चलचित्र डुब्छ । त्यसैगरी यहाँ पनि सरकार कुनै पनि लगानीकर्ताको प्रलोभनमा नपरोस् ।

शंकास्पद नेतृत्व, विचौलिया, कर्मचारी जो कसैको भूमिकामा पनि स्पष्ट छानबिन गरियोस् । दायाँबायाँ नहोस् । कलाकार राख्दा फिल्म डुब्छ, त्यसैगरी यो फिल्ममा पनि आफ्ना निकट भनेर निकटस्थलाई बचाउन खोज्दा देश डुब्छ, ख्याल राखियोस् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १३:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।