April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

भाडामा ठगी गरेमा यातायात समितिले नै कारबाही गर्ने 

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १३:५६
भाडामा ठगी गरेमा यातायात समितिले नै कारबाही गर्ने 
  • सार्वजनिक सवारीको नयाँ भाडादर लागु
  • मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गर्यो 
  • भाडा दिँदा ठगीमा वा कसैले बढी भाडा लिएमा यातायात समितिले कारबाही गर्ने 

काठमाडौं ।।

वाग्मती प्रदेश सरकारले पछिल्लो पटक जेठ ११ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको नयाँ भाडादर लागु गरेको थियो । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गरेको हो । मन्त्रालयले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीका लागि छुट्टै भाडादर तोकेको छ ।

उपत्यकामा बस्ने कतिपय सेवाग्राहीहरूले सार्वजनिक सवारीमा चढ्दा भाडादरबारे अज्ञविज्ञ भएको महसुस गर्ने गरेका छन् । कतिपयले भने तोकिएको भन्दाबढी भाडा मागेर ठगिएको समेत गुनासो गर्छन् । यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटबढ हुँदा भाडा समायोजन गरिने बताए । भाडा दिँदा ठगीमा वा कसैले बढी भाडा लिएमा यातायात समितिले आन्तरिकरूपमै कारबाही गर्ने गरेको उनको भनाइ छ ।

यस्तै, सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीले पनि ठगिएको गुनासो आएमा सम्बोधन गर्ने र ठूलै समस्या भएमा मन्त्रालयले नै पनि काम गर्ने उनले बताए । प्रदेश राजपत्रमा प्रकाशित मन्त्रालयको भाडादर अनुसार काठमाडौं उपत्यकामा

० देखि ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ तोकिएको छ ।
० देखि १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको छ ।
० देखि १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ रहेको छ ।
० देखि २० किलोमिटरसम्मको भाडा ३३ रुपैयाँ रहेको छ, र
२० किलोमिटर भन्दामाथिको भाडा ३८ रुपैयाँ रहेको छ ।

यसअघि गत वर्ष २०७९को असार ५ देखि लागु भएको भाडादर रहेको थियो । त्यतिबेला ० देखि ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ, १० किलोमिटरसम्मको २७, १५ किलोमिटरसम्मको ३२ रुपैयाँ, २० किलोमिटरसम्मको २५ रुपैयाँ र २० किलोमिटर भन्दामाथिको भाडा ४० रुपैयाँ रहेको थियो ।

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।