sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डा. तोसिमा कार्की : भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ?

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:२८
डा. तोसिमा कार्की : भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ?

काठमाडौं । प्रनिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक ‘टेप काण्ड’को अनुसन्धान गर्न माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्ने हल्ला चलाइएको भन्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

“एक माननीय महिला सांसदले भन्नुभयो– टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनपर्याे,” उनले भनिन्, “भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ?”

यसअघि, नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आइतबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचारका विभिन्न विषयमा आफ्नो नाम जोडिएको तर आफूले कुनै गल्ती नगरेकाले नडराउने बताएकी थिइन् । उनले भनेकी थिइन्, “नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने । जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ ।”

मेरो जति विरोध गरे पनि म डराउँदिनँ : आरजु राणा

उनले भ्रष्टाचारमात्र नभएर चिनारी फेरेर राष्ट्रघात र अपराध भएको भन्दै कारबाही हुनुपर्ने बताइन् । सम्पूर्ण सांसदको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गर्न माग पनि गरिन् ।

“सम्पत्ति सार्वजनिक गर्ने कुरा पनि उठ्यो । हामी सबैले यो सदनलाई सम्पत्ति विवरण बुझाइसकेका छौँ,” उनले भनिन्, “आजै, तत्कालै वेबसाइटमार्फत सम्पत्ति सार्वजनिक गरियोस् । करसहितको स्रोत पनि खोज्न दिइयोस् ।”

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजानेलाई सरकारले नै जोगाउन खोजेको समेत उनले बताइन् ।

“नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजानेमा देशका ठूला–ठूला निकाय र नेताहरू संग्लन भएको कुरा बाहिर आइरहेको छ,” उनले भनिन् “प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको छ ।”

उनले अन्तर्राष्ट्रियस्तरमा राज्यलाई दलाल स्थापित गर्न खोजेको आरोप समेत लगाइन् ।

“एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि यो देश डुबाइरहने । अन्तर्राष्ट्रिय जगतमा राज्यलाई नै दलाल स्थापित गर्ने, के मुख लिएर अनुदान माग्न जाने ?,” उनले भनिन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid