May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

शल्यक्रियापछि अस्पतालको भीआईपी क्याबिनमा शिक्षामन्त्री

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:३५
शल्यक्रियापछि अस्पतालको भीआईपी क्याबिनमा शिक्षामन्त्री
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको
  • अस्पतालमा कानको जटिल शल्यक्रिया
  • अहिले भीआईपी क्याबिन ६०१ मा राखियो 

काठमाडौं ।।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको आज त्रिवि शिक्षण अस्पतालमा कानको जटिल शल्यक्रिया गरिएको छ । बायाँ कानमा समस्या भएका राईको सोमबार शल्यक्रिया गरी कोक्लियर इम्प्लान्ट गरिएको अस्पतालले जनाएको छ । “उहाँको कोक्लियर इम्प्लान्ट गरिएको हो, अहिले भीआईपी क्याबिन ६०१ मा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य छ,” अस्पतालका निमित्त प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले भने ।

६६ वर्षीय मन्त्री राईको बायाँ कानमा लामो समयदेखि पाक्ने, पिप जम्ने, संक्रमण भइरहने समस्या थियो । जसकारण उनको श्रवण शक्ति पूर्ण रुपमा बन्द थियो । सोमबार शिक्षण अस्पतालमा उनको ‘सबटोटल प्रेट्रोसेक्टोमी विथ कक्लिअर इम्प्लान्ट’ गरिएको अस्पतालले जनाएको छ । कक्लियर इम्प्लान्ट कानको श्रवणशक्ति फर्काउनका लागि राखिने एक प्रकारको विद्युतीय डिभाइस हो । श्रवणसम्बन्धी गम्भीर समस्या भएका व्यक्तिहरुका लागि यो प्रभावकारी उपचार विधि मानिन्छ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।