May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए

टोपबहादुर भारत पुगेको आशंका !

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १३:३४
टोपबहादुर भारत पुगेको आशंका !

काठमाडौं । नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बुटवल हुँदै भारत पुगेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले भारतसम्मै टोली पठाएर उनको खोजीको तयारी गरेको छ भने देशभर नै रायमाझी खोजीका लागि आफ्ना निकायमा परिपत्र गरेको छ ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेको एक साता बित्न लाग्दा पनि सम्पर्कमा आउँछु भनेका रायमाझी आएका छैनन् । बुटवलबाट प्रहरी नेतृत्त्वलाई आफूले अनुसन्धानमा सघाउने वचन दिएका रायमाझी त्यहीँबाट फरार भएका थिए ।

“उनी भारत पुगेको आशंका हामीले गरेका छौँ,” प्रहरी उच्च स्रोतले भन्यो, “उहाँले परिवारका सदस्यलाई पनि निगरानीमा राखेका छौँ । भारतबाट परिवारलाई सम्पर्क गरेको पाइएको छैन ।”

उनका अनुसार भारत नै पठाएर पनि उनको खोजी जारी राखिनेछ । ती प्रहरी अधिकारीले पार्टीका केही नेताहरुसँग सम्पर्कमा रहेको हुन सक्ने आशंका व्यक्त गरे पनि कोसँग भन्ने खुलाउन चाहेनन् ।

“प्रहरीले मुद्दा अदालतमा बुझाएपछिमात्रै आउने तयारी होला,” प्रहरी स्रोतले भन्यो, “हामीले त्यो अवस्था आउन दिने छैनौँ ।”

अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा रहेका छन् । उनको मोबाइल बुटवलमा अफ भएको पाइएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरी स्रोतले दिएको जानकारीअनुसार रायमाझीको फोन ट्रयाक गर्दा बुटवलमा अन्तिम लोकेशन देखाएको र त्यहीँबाट उनले अफ गरेको पाइएको छ ।

उनका चालक र गाडी सम्पर्कमा रहेको भए पनि रायमाझी बुटवलबाट आफ्नै तरिकाले हिँडेको प्रहरीमा जानकारी गराएको स्रोतले बतायो । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।

सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरुको म्याद थप गरेर अनुसन्धान गरिएको छ । पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि यो घटनामा मुछिएका छन् ।

पैसा उठाउने गिरोह र पीडितबीच भएको कुराकानीमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाँणलाई पनि पैसा बुझाएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोलाई प्रहरीलाई सुरक्षित राखेको र अनुसन्धान जारी राखेको जनाएको छ ।

केपी शर्मा ओली नेतृत्त्वमा रहेको तत्कालीन सरकारले नेपालमा छुटेका शरणार्थीको समस्या स्थायीरुपमा समाधान गर्न भन्दै कार्यदल गठन गरेको थियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको नेतृत्त्वमा बनाइएको समितिमा बाहिरबाट पनि कार्यकर्ता राखेर नेपाली युवालाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने योजना बनाइएको थियो ।

पन्थी नेतृत्त्वको कार्यदलले काम गरिरहेका बेला झापा, मोरङ, सुनसरी, अर्घाखाँची, बाग्लुङ, गोरखालगायतका जिल्लाका गरी ८७५ जना युवाबाट १० देखि ५० लाखसम्म उठाएको पाइएको छ । यसैबीच प्रतिनिधिसभा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरि दोषीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनबाट पछि नहट्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा एमाले सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणको छानविनको अवस्थाका बारेमा सरकारले जानकारी गराउनुपर्ने बताए । उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने काम भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघाती कदम भएको भन्दै दोषीलाई छिटो भन्दा छिटो कारवाही गर्नुपर्ने धारणा राखे ।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली शरणार्थी प्रकरणमा कसैको दवावमा नपरि अनुसन्धान गर्नुपर्नेमा जोड दिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशिमा कार्कीले प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा पनि जोगाउने काम भइरहेको बताइन् ।

उनले यस प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताइन् ।

  • साझा परिवेश
  • -