July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

डा. प्रकाशशरण : राष्ट्र बैंकले ब्याजदर घटाउनेमा म विश्वस्त छु

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १५:४४
डा. प्रकाशशरण : राष्ट्र बैंकले ब्याजदर घटाउनेमा म विश्वस्त छु

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा अर्थमन्त्री डा. प्रकाशशरण महत विश्वस्त देखिएका छन् ।

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०८०-८१ को सिद्धान्त तथा प्राथमिकताबारे उठेका प्रश्नको मंगलबार जवाफ दिंदै अर्थमन्त्री महतले सरकारले बजेटमार्फत अनावश्यक खर्च घटाउने, नचाहिने संरचनाहरु हटाउने र पूँजीगत खर्च बढाउने भन्दै राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा आफू विश्वस्त रहेको दोहोर्याए ।

ब्याजदर घटाएर वित्तीय लागत कम गर्ने र सरकारी खर्च बढाएर अर्थतन्त्र चलायमान गराउने सरकारको योजना रहेको डा. महतले सुनाए । ‘व्यापार व्यवसायमा ब्याजदर बढेका कारण नाफा भइरहेको छैन, नयाँ ऋण लिन खोज्नेहरु पोसाउँदैनन् । बैंकिङ क्षेत्रबाट पूँजी परिचालन गर्ने वातावरण बनाउन मौद्रिक नीतिमार्फत पनि सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र त्यसले ब्याजदर घट्छ ।’

ब्याजदर घटेपछि परियोजना र व्यापार व्यवसायको लागत कम हुने महतको भनाइ छ । त्यसले व्यापार व्यवसाय वृद्धि हुने, रोजगारीको अवसर पनि बढ्ने अर्थमन्त्रीको अपेक्षा छ । महतले ब्याजदर घटाउनासाथ राजस्वको आधार फराकिलो हुने बताए । यसकै आधारबाट आगामी बजेटको लक्ष्य निर्धारण हुने पनि उनले बताए ।

उनले बजेटमा केही घरानालाई पोस्ने काम नहुने बताए । कुनै घराानालाई नाफा र हानी गराउने गरी काम नहुने भन्दै उनले विलसाी सामानको आयात र उपभोग जनताको रोजाइमा छाडिने बताए । ‘के उपयोग गर्ने÷नगर्ने आम जनतालाई छोडिदिउँ,’ उनले भने, ‘हामीले अर्थतन्त्रमा समृद्धि सिर्जना गरेर नागरिकलाई त्यसको पहुँचमा पुर्याउंदा  हुन्छ ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्