काठमाडौं । नेपाल प्रहरीले पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी खोज्नका लागि पूरै शक्ति लगाएको जनाएको छ ।
“हामीले पूरै शक्ति परिचालन गरेका छौँ,” प्रहरी स्रोतले भन्यो, “अहिलेसम्म पक्राउ परेका छैनन् । हामीलाई आशा छ उनी छिट्टै पक्राउ पर्नेछन् ।”
नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग पुर्याएको भन्दै राजनीतिक तहका उच्च अधिकारी मुछिएका छन् । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण आजै पक्राउ परेका छन् भने रायमाझी खोजीको सूचीमा छन् ।
यही प्रकरणमा अहिलेसम्म उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ११ जना पक्राउ परिसकेका छन् ।