May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

ओलीका स्वकीय सचिव शंकाको घेरामा !

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० १२:२६
ओलीका स्वकीय सचिव शंकाको घेरामा !

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी गृहमन्त्री हुँदा प्रतिवेदन कीर्ते गरेको र करोडौँ रुपैयाँ लिएको आरोप छ ।

सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । नेकपा (एमाले) माथि लगातार परेको दबाबपछि अनुसन्धानमा सहयोग गर्ने भन्दै निलम्बन गरेको थियो । त्यसअघि भने एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीलाई जोगाउन लागिपरेको भन्दै आलोचना भएको थियो ।

एमालेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ’बादल’, केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनका स्वकीय सचिवसमेत रहेका राजेश बज्राचार्य पनि प्रहरीको शंकाको घेरामा रहेका छन् ।

“विभिन्न व्यक्तिहरुबाट सुरु भएको यो प्रहरण पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसम्म आइपुगेको छ,” अनुसन्धानमा संलग्न एक अधिकारीले बाह्रखरीसँग भने, “टोपबहादुर रायमाझी र बालकृष्ण खाँणभन्दा कति माथिसम्म पुग्ने हो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।

पक्राउ परेका इन्द्रजित राईको अनुसन्धानले बादलसम्म पुग्न सक्छ । केपी शर्मा ओलीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यसम्म शंका गर्ने प्रयाप्त आधारहरु फेला परेका छन् । तर स्वतन्त्र प्रमाण फेला परिसकेको छैन ।”

  • साझा परिवेश
  • बिहिबार, बैशाख २८, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट