May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

नेपालले दक्षिण एसियाका १ अर्ब जनसंख्यालाई पानी खुवाईरहेको छ : अर्थमन्त्री महत

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १३:४0
नेपालले दक्षिण एसियाका १ अर्ब जनसंख्यालाई पानी खुवाईरहेको छ : अर्थमन्त्री महत
  • दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको पानीको स्रोत नेपाल नै रहेको 
  • ४५ प्रतिशत वन क्षेत्र संरक्षणले गर्दा स्वास प्रश्वासका लागि अक्सिजन प्रवाह भएको 
  • जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुक घोषित  

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको पानीको स्रोत नेपाल रहेको बताएका छन् । विश्व वातावरण कोषको सातौं एसेम्बली बैठकमा बोल्दै उनले ४५ प्रतिशत वन क्षेत्र संरक्षण गरेर नेपालले मानव समुदायको स्वास प्रश्वासका लागि अक्सिजन प्रवाह गरिरहेको पनि बताए ।

उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा संकटापन्न जंगली जनावरको संरक्षण गरेको पनि बताए । त्यसको नतिजा स्वरुप नेपालमा बाघ र एकसिंगे गैडाको संख्या उल्लेख्य रुपमा बढेको पनि मन्त्री महतले दाबी गरे ।

प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि, सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको उनले बताए । नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको डा. महतले बताए ।

z’esfdgf ;Gb]z lbFb} g]sfF kf6L{sf k|sfzz/0f dxt
sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]sfF kf6L{sf ;xdxfdGqL k|sfzz/0f dxt . t:jL/ M /Tg >]i7÷/f;;

मन्त्री डा.महतले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणाली मार्फत कार्यान्वयन गर्नुपर्ने बताउँदै जलवायु परिवर्तनको बहुआयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा राखे ।

यसैगरी नेपालले जैविक विविधता तथा वातावरण संरक्षणको क्षेत्रमा गरेको प्रयासलाई प्रोत्साहन गर्ने गरी ठोस कार्यक्रम मार्फत हरित पूर्वाधार निर्माण तथा स्थानीय जनताको आयआर्जन र जीवनस्तर सुधारमा वातावरणीय कोषका कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने पनि मन्त्री महतले बताए ।

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।