sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि प्रहरी फन्दामा

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० १८:३७
दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि प्रहरी फन्दामा

काठमाडौं :

दुबईबाट काठमाडौं आइपुगेका तीन जना करिब १५ तोला सुनसहित पक्राउ परेका छन्। हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं आइपुगेका उनीहरूलाई भन्सार क्षेत्रमा खानतलासी गर्दा सुन बरामद भएको हो। पक्राउ पर्नेमा मध्यपुर थिमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझी छन्। विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा सुमनको साथबाट ५५ ग्राम सुन बरामद भएको थियो। त्यस्तै विमला र सिर्जनाले ल्याएको ६०-६० ग्रामको सुनको औंठी बरामद भएको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।

सोधपुछ गर्दा तीनै जनाले उक्त सुन आफूहरूको नभएको बताएका थिए। अरुको सुन बोकेर आएको बताएपछि प्रहरी उनीहरूलाई पछ्याउँदै पार्किङ क्षेत्रसम्म पुगेको थियो।
पार्किङ क्षेत्रमा सुन लिन बसेका रामेछापका सुरेन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुबईबाट फर्किएका तीनै जनाले भरियाका रूपमा सुन ल्याएको प्रहरीको भनाइ छ।

‘वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रलोभन देखाएर सुनको भरिया बनाउने गिरोह सक्रिय छ। प्रहरीले त्यसतर्फ विशेष निगरानी बढाएको छ। आज पक्राउ परेका त्यस्तै गिरोहमध्येको एक हो। यस विषयमा हामी थप अनुसन्धान गरिरहेका छौं,’ विमानस्थल प्रहरी स्रोतले  भन्यो।

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० १८:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid