May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:११
हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् ।

राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गर्नुभएको हो । साथै प्यालेस्टिनीलाई इजरायलले दिएको सामूहिक सजाय र गैरसैनिकलाई तिनीहरूको थातथलोबाट जबरजस्ती गरिएको निष्कासन पनि त्यही वर्गमा पर्ने उहाँको भनाइ छ ।

गाजा स्ट्रिपमा भइरहेको आक्रमणले मानव जीवनमाथि र गैरसैनिकमाथि असह्य क्षति पुर्याएकाे राष्ट्रसङ्घीय अधिकारी ट्युर्कले बताएका बीबीसीले जनाएको छ । युद्धमा संलग्न पक्षहरूले पालना गर्नुपर्ने नियमहरू जेनेभा महासन्धिमा र अन्य अन्तर्राष्ट्रिय कानुन तथा सहमतिहरूमा उल्लेख गरिएका छन् ।

युद्ध अपराधको व्याख्यामा सेनाले जानाजान गैरसैनिकलाई आक्रमण गर्न नपाइने र घाइतेहरूको हेरविचार गर्नुपर्नेसँगै घाइते सैनिकहरूको समेत युद्धबन्दीका रूपमा छुट्टै अधिकारहरू हुनुपर्नेलगायत व्यवस्था छन् । युद्धमा कसैलाई बन्धक बनाउन पाइँदैन र त्यसलाई पनि युद्ध अपराध मानिन्छ ।

नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी न्यायालयको स्थापना युद्ध अपराध र मानवताविरोधी अपराधका घटनाहरूको अनुसन्धान गर्नका लागि गरिएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट