May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

इनारभित्र शव भेटियो

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १३:१४
इनारभित्र शव भेटियो

जनकपुरधाम।।

धनुषाको मिथिला नगरपालिका ७ स्थित ढल्केवरको एक इनारभित्र पुरुषको शव भेटिएको छ ।

  • इनारभित्र भेटियो शव
  • शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगियो 
  • सशस्त्र प्रहरी पुगेर शव निकालेको

ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सविन राईले जानकारी दिए।

प्रहरी निरीक्षक राईका अनुसार मृतकको पहिचान नखुलेको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। शवको प्रकृति हेर्दा केहीदिन अघि इनारभित्र खसेको हुन सक्ने प्रहरीको आशंका छ।

आज बिहान स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी पुगेर शव निकालेको छ। मृतक बाहिरका व्यक्ति रहेको स्थानीयले बताएका छन्।

इनार होचो रहेको कारण आफै अचानक खसेको वा कसैले कुनै घटना घटाएको विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।