May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

टिआरसीलाई उपसमिति बनाउने तीन दलको निर्णय

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १४:१४
टिआरसीलाई उपसमिति बनाउने तीन दलको निर्णय

काठमाडौं । प्रमुख तीन वटा राजनीतिक दलले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेका छन् ।

यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रततिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन् । प्रतिनिधिसभाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाइ दफाबार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।

‘विगतमा विशेष समिति गठन गर्ने भनिए पनि हाल विषयगत समिति गइसकेका कारण अब सम्बन्धित समितिमै उपसमिति बनाएर अगाडि बढाउने निर्णय भएको छ’, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले अनलाइनखबरसँग भने । नेता नेम्बाङका अनुसार आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा यस्तो सहमति जुटेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।