May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

शरणार्थी प्रकरणमा १२ आरोपितको थप बयान शुरु

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १२:५४
शरणार्थी प्रकरणमा १२ आरोपितको थप बयान शुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका संविधानसभा सदस्य आङटावा शेर्पाको आज बयान लिइँदै छ । आजै उक्त प्रकरणका अरू १२ आरोपितको थप बयान लिइँदै छ । शेर्पाको प्रारम्भिक र अरू १२ आरोपितको थप बयान लिइने जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौंका प्रवक्ता एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

शेर्पाविरुद्ध गएको शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । तर, अदालत र प्रहरीले त्यसबारेमा केही खुलाएका थिएनन् । सोमबार शेर्पा आफैँ प्रहरीसमक्ष पुगेका थिए । त्यति बेला उनी आफ्नो विषयमा मिडियामा आएका समाचारबारे बुझ्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको थियो ।

आफैँ प्रहरीकहाँ पुगे आङटावा शेर्पा, प्रहरी भन्छ-पक्राउ पुर्जी नै जारी भएको छैन त्यसपछि उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो । उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

हालसम्म यो प्रकरणमा १४ जना पक्राउ परेका छन् । अदालतले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । उनी फरार छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुली गरी ठगी गरेको उजुरीपछि यो प्रकरणमा अनुसन्धान जारी छ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।