July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रधानमन्त्रीलाई फोटो पत्रकार समूहले बुझायो ज्ञापनपत्र

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १३:२१
प्रधानमन्त्रीलाई फोटो पत्रकार समूहले बुझायो ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा फोटो पत्रकारको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्रहालयका लागि जग्गा र भवन उपलब्ध गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

“फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारहरूको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरूलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्,” ज्ञापनपत्रमा उल्लेख छ ।

यस्तै, फोटो पत्रकारलाई व्यावसायिक, मर्यादित बनाउनका लागि विभिन्न तालिम दिन वार्षिक रूपमा बजेट र समयानुसार अपडेट रहन आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले फोटो पत्रकारका माग जायज रहेको बताए । माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन उनले दिए ।

“मागहरू जायज रहेका छन्, त्यति ठूला र गर्न नसकिने माग छैनन्,” उनले भने, “यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।”
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले फोटो पत्रकारका माग जायज रहेको बताए । माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन उनले दिए ।

“मागहरू जायज रहेका छन्, त्यति ठूला र गर्न नसकिने माग छैनन्,” उनले भने, “यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।”

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्