काठमाडौं । काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौंका अधिकांश स्थानमा बिहानैबाट वर्षा भइरहेको हो ।
बिहानबाट वर्षा भइरहे पनि मध्याह्न १२ बजे अगाडि केही समय पानी पर्न रोकिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसपछि पुनः वर्षा सुरु हुनेछ ।
अहिले वर्षा भइरहेको छ । अब केही समय रोकिनेछ । तर, त्यसपछि पुनः वर्षा सुरु हुनेछ,” , “१२ बजेपछि सुरु हुने वर्षा करिब दिनभर रहनेछ ।” दिनभर वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नहुने मानन्धरको भनाइ छ ।
मनसुन नजिकिएकाले अब मध्याह्नपछि प्रायः हरेक दिन वर्षाको सम्भावना रहने छ । भारी वर्षाको सम्भावना कम भए पनि हरेकदिन जसो पानी पर्ने उनको भनाइ छ ।