May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

गोसाईंकुण्ड दर्शन गरी फर्किंदा बाटो बिर्सेर काठमाडौंका १ युवक गाएव

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १२:५६
गोसाईंकुण्ड दर्शन गरी फर्किंदा बाटो बिर्सेर काठमाडौंका १ युवक गाएव
  • नैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा
  • काठमाडौं वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन
  • नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन

काठमाडौं ।।

जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले जनाएको छ ।बाटो बिर्सिएर हराएको खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

आज बिहान ५ बजेदेखि नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १९ जना, प्रहरी चौकी स्याफ्रुबाट ७ जना, नेपाली सेनाको विष्णु दल गण धुन्चेबाट लप्टनको नेतृत्वमा १५ जना खोजीका लागि परिचालन गरिएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

यसैबीच काभ्रेको चौरीदेउराली गाउँपालिका ३ माझी फेदी बस्ने ४८ वर्षीय रामबहादुर तामाङ गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा बिरामी भएका छन् । एक्कासी पेट दुखेपछि उनलाई उपचारका लागि काठमाडौं पठाइएको थियो । उनको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट