May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वराष्ट्रपतिले रोकेको नागरिकता विधेयक अब खुल्ने : प्रधानमन्त्री

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १४:१२
पूर्वराष्ट्रपतिले रोकेको नागरिकता विधेयक अब खुल्ने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता कानुन एक महिनाभित्र लागु गर्ने जानकारी संसद्लाई जानकारी गराएका छन् । जसपाका सांसद दिपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनलाई एक महिनाभित्रै नयाँ नागरिकता कानुन लागु गर्ने बताएका हुन् । उनले नागरिकता कानुन लागु गर्न पूर्वराष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयकका विषयमा तीन विकल्प प्रस्तुत गरेका छन् ।

“नागरिकताको संवेदनशीलताबारे हामी जानकार छौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई-दुई पटक पारित गरेर राष्ट्रपतिकोमा पठाइएको हो । पहिलोपटक फिर्ता पठाइयो, दोस्रो पटक पठाएको पनि हामी सबैलाई जानकारी नै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “दोस्रो पटक पठाएपछि प्रमाणीकरण गरेर जारी गर्नुपर्ने संवैधानिक दायित्व तत्कालीन राष्ट्रपतिले निर्वाह नगरेको अवस्था हो ।” उनले अब त्यसलाई वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने नमिल्ने विषयमा बार एसोसियसनका प्रतिनिधिसँग र कानुनका विज्ञहरूसँग परामर्श गरेको जानकारी दिए ।

“बारका प्रतिनिधि, वर्तमान तथा पूर्वमहान्यायाधीवक्तासहितका कानुन विज्ञहरूले वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ भन्ने थियो । मैले राष्ट्रपतिलाई त्यसको जानकारी गराएको थिए,” प्रधानमन्त्री प्रचण्डले भने, “उहाँले आफूले पनि कानुनी परामर्शपछि मात्र निर्णय लिने भन्नुभएको छ । उहाँले सायद यसका विषयमा परामर्श गरिरहनुभएको छ ।” उनले दोस्रो विकल्प सदनले संकल्प प्रस्ताव पारित गरेर राष्ट्रपतिलाई आग्रह गर्ने वा मन्त्रिपरिषद्ले निर्णय गरेर आग्रह गर्ने पनि हुन सक्ने बताए ।

“अब यस सदनबाट संकल्प प्रस्तावबाट त्यो विधेयक प्रमाणीकरण गर्ने एउटा बाटो हुनसक्छ । अर्को मन्त्रिपरिषद्बाट पारित गरेर अनुुरोध गर्ने अर्को बाटो छ,” उनले भने, “त्यसबाहेक त्यो विधेयक खारेज गरेर नयाँ विधेयकबाट नागरिकता ऐन ल्याउने कुरामा पनि छलफल हुँदै छ ।” प्रधानमन्त्री प्रचण्डले जेजसरी भएपनि अबको एक महिनाभित्र यसको टुंगो लगाउने र नागरिकता ऐन जारी गर्ने बताए ।

 दिपक कार्कीको प्रधानमन्त्रीलाई प्रश्न

जन्मसिद्ध नागरिकका सन्तानले कहिले नागरिकता पाउने हुन् ?

बाबुको नागरिकता वंशज छ, छोराछोरीको जन्मसिद्ध नागरिकता छ, उनीहरूलाई के गर्ने ?

दुई-दुई पटक नागरिकता पारित गरेर संसद्ले पठाउँदा उक्त विधेयक अड्किएको छ, वर्तमान राष्ट्रपतिले प्रमणीकरण हुन्छ कि हुँदैन ?

६ महिनामा नागरिकता विधेयक पारित गर्छु भन्नुभएको थियो, एक महिना बाँकी छ लागु हुन्छ ?

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट