काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री र यादवबीच भेटवार्ता भएको हो ।
भेटमा जसपाबाट पठाउने मन्त्री, मधेस प्रदेश सरकारलगायत विषयमा छलफल भएको बताइएको छ ।
संघीय सरकारमा दुई मन्त्री पाएको जसपाले वन तथा वातावरणमन्त्री पठाएको छैन । मन्त्रिबारे निर्णय गर्ने अधिकार पार्टी बैठकले यादवलाई दिइसकेको छ ।
आजै मन्त्रिपरिषद् विस्तार हुने चर्चा थियो । तर, जसपाबाट मन्त्री बन्ने सम्भावना नरहेको स्रोतले बताएको छ । “आज प्रधानमन्त्रीसँग छलफल भयो तर कुराकानी टुंगोमा पुगेको छैन,” स्रोतले भन्यो, “आजै जसपाबाट मन्त्री बन्ने सम्भावना छैन ।”