November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सडक खाली नगरी राष्ट्रपति संसद भवन जाने

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १३:२३
सडक खाली नगरी राष्ट्रपति संसद भवन जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न सडक खाली नगरी सामान्य तरिकाले संसद भवन जाने भएका छन् ।यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरेको थियो । तर यसपटक सडक खाली नगर्ने र राष्ट्रपति सामान्य तरिकाले संसद भवनसम्म पुग्ने र संसद भवन भित्र मात्रै रिसल्ला सहितको कारकेडको व्यवस्था गर्ने तयारी छ ।

नागरिकलाई अप्ठ्यारो नहुने गरी राष्ट्रपतिको आवागमन हुने राष्ट्रपतिका सचिवालयका एक सदस्यले जानकारी दिए । उनले भने ‘नागरिकले दुख पाउने गरी बाटोमा कुनै तामझाम हुँदैन । परम्परा धान्नका लागि गेटभित्र गर्नुपर्ने कार्य सुरक्षा निकायले गर्छन् ।’
आर्थिक वर्ष २०८०-०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा आज शुक्रबार प्रस्तुत गरिने कार्यक्रम छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्