April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

शरणार्थी प्रकरणमा मुद्दा दायर गर्न चार दिन बाँकी

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १४:0५
शरणार्थी प्रकरणमा मुद्दा दायर गर्न चार दिन बाँकी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गर्न चार दिन बाँकी छ । उक्त प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । दुईजना फरार छन् ।

बिहीबार पक्राउ परेका हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइँदै छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अच्युतमणि नेउपानेले उनीहरूको आज बयान सक्ने तयारी रहेको बताएका छन् । नेउपानेका अनुसार आउँदो मंगलबारसम्म अदालतमा मुद्दा दायर गरिसक्नु पर्नेछ ।

यो प्रकरणमा विचौलियाको भूमिकामा रहेका सानु भण्डारी र केशव दुलाल गत चैत १२ गते पक्राउ परेका थिए । उनीहरूलाई अनुसन्धानका लागि थुनामा राख्न सकिने समय आउँदो मंगलबार सकिने हुँदा त्यसभन्दा अगाडि मुद्दा दर्त गरिसक्नु पर्ने नेउपानेले बताए ।

संगठित अपराध निवारण ऐन, २०७० को दफा १४ ले अनुसन्धानका लागि पटकपटक गरी ६० दिनसम्म हिरासतमा राख्न मिल्ने व्यवस्था छ । सोही कारण अदालतमा मंगलबारसम्म नै मुद्दा दायर गर्नु पर्नेछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता सिताराम रिजाल मुद्दा दायर गर्नुपर्ने दिन नजिकै आइसके पनि, अनुसन्धान टुँगो लागि नसकेको बताउँछन् । पक्राउ परेकाको बयान लिने काम गरिरहेको, केही फरार रहेको र सम्बन्धित अन्य अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।