May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला

महिला सांसदहरुलाई कानुनमन्त्रीको सम्मान

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १५:0३
महिला सांसदहरुलाई कानुनमन्त्रीको सम्मान
  • कानुनमन्त्रीले महिला सांसदहरुलाई गुरुआमा भनेर सम्बोधन गरे।
  • सम्मान भावले गुरुआमा भनेको हुँ, अन्यथा नलिन गरे आग्रह ।
  • बरु हामी जानेर-नजानेर छेउ न टुप्पो नमिलाएर बोल्छौं।
  • यस विषयमा महिला माननीयहरु गम्भीर हुनुहुन्छ।

काठमाडौं।।

शुक्रबार संसद भवन नयाँ वानेश्वरमा ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रम थियो। अतिथि थिए कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ ।

करिब १० मिनेट सम्बोधन गरेका उनले दुई वटा शब्द पटक-पटक उच्चारण गरे। पहिलो -विद्यार्थी हुँ। दोस्रो-गुरुआमा ।
तीन पटक सांसद भइसकेका कानुनमन्त्री गुरुङले आफू संसदीय भूमिका र अभ्यासमा विद्यार्थी नै रहेको बताए। नयाँ नयाँ विषयहरु आइरहने र नयाँ सांसदहरुको भूमिका कारणले पनि आफूलाई विद्यार्थीका रुपमा आफूले पाउने बताए।

आफूलाई विद्यार्थीका रुपमा प्रस्तुत गरेका कानुनमन्त्री गुरुङले पटक-पटक महिला सांसदहरुलाई गुरुआमा भनेर सम्बोधन गरे। उमेरमा आफू भन्दा कम उमेरको भएपनि प्रस्तुती परिपक्क देखेका कारण गुरुआमा भनेको उल्लेख गर्दै उनले अन्यथा नलिन पनि आग्रह गरे।

‘हेर्दा उमेरमा म भन्दा कान्छी माननीय हुनुहोला। तैपनि तपाईंहरुको अभिव्यक्ति अत्यन्त पाको आउँछ। त्यस्तो अभ्यास म पनि कसरी अभ्यास गरौं जस्तो लाग्छ। त्यसो भएर मैले गुरुआमा भनेँ’ कानुनमन्त्री गुरुङले थपे, ‘माफ गर्नुहोला फेरि ए हामी माननीयहरुलाई गुरुआमा भन्यौ नभन्नुहोला । सम्मान भावले गुरुआमा भनेको हुँ।’

जन्मदिने आमा, जन्म दिने पितालाई पहिलो भगवान मान्ने गरेको उल्लेख गर्दै उनले त्यसपछिको सम्मान गुरुलाई गर्ने गरेको बताए ।

संसदमा पुरुष सांसदहरुको तुलनामा महिला सांसदहरुको प्रस्तुती अध्ययनपूर्ण रहने गरेको पनि उनले बताएका छन्। उनी भन्छन्, ‘संसदमा महिला माननीयहरुको मेहनत बढी छ। बरु हामी जानेर-नजानेर छेउ न टुप्पो नमिलाएर बोल्छौं। यस विषयमा महिला माननीयहरु गम्भीर हुनुहुन्छ।’

संविधान त महिलालाई उपसभामुख बनाउनुपर्ने बाध्यता रहेकाले त्यसो हुने गरेको उल्लेख गर्दै उनले आगामी दिनमा सभामुख र राष्ट्रियसभा अध्यक्ष दुवैमा महिला माननीय भएको हेर्ने चाहना रहेको पनि उनले बताए।

 

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।