April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त कस्तो रहला आजको मौसम ? एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु , २ हजार ४५४ जना एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्दै प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

भारतसँग काँतर मन, चिसोपन राख्नु भएन : केपी शर्मा

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १३:१२
भारतसँग काँतर मन, चिसोपन राख्नु भएन : केपी शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रसँग खुलस्त कुरा गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जान लागेको भन्दै सीमाबारे मन कायर बनाउन नहुनेमा जोड दिए ।

भारत छिमेकी र मित्रराष्ट्र भएकाले खुलेर कुरा राख्नुपर्ने उनको भनाइ छ । “खुलस्त कुरा गरेर समस्या समाधान गर्न सक्नुपर्यो । चिसोपन राख्नु भएन । कायर मन पनि राख्नु भएन,” ओलीले भने, “काँतर मन, चिसोपन । चिसो लिइरहने, भन्न नसक्ने । कुरा गर्न नसक्ने, आफ्ना इस्यु राख्न नसक्ने, बोल्न नसक्ने हुनु भएन ।”

उनले छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धलाई प्रधानमन्त्रीले कसरी लिनुभएको छ ? भन्दै प्रश्न पनि गरे । लिम्पियाधुरा, लिपुलेक र कालापानीको अवस्थाबारे उनले जानकारी मागे ।

“लिम्पिायाधुार, लिपुलेक र कालापानीको अहिलेको अवस्था कस्तो छ ? सीमा सुरक्षित नै छ ?,” उनले सोधे ।

त्यसबारे नीति तथा कार्यक्रममा सरकारले केही नबोलेको भन्दै उनले आपत्ति जनाए ।

कालापानी क्षेत्रमा संरचना बनाइँदै गरेको समाचार आएको भन्दै उनले यथार्थ जानकारी गराउन माग गरे ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट