October 3, 2023 | मङ्लबार, अशोज १६, २०८०
सुचनाहरु
पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट सरकार हरायो, प्रमुख नभएको सरकार : ओली सार्वजनिक शौचालय नियमित र व्यवस्थित सञ्चालनमा महानगरपालिकाले सहयोग गर्ने भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले गफ मात्र गर्यो : ओली शेयर बजार साढे १७ अङ्कले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति भूकम्पले तलकोटमा क्षति : पालिका कार्यालयकै जमिन चिरा पर्‍यो, वडा कार्यालय ध्वस्त नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी पश्चिम नेपालमा भूकम्पको धक्का महसुस नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी फागुन १ को बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति कोशी प्रदेशसभाको बैठक भोलि बस्ने विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयबिरुद्द सर्वोच्चमा रिट

काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ १७:३१
काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन्।

उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीले अनुसन्धानका क्रममा देखिएको जनाएको छ ।

बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ १७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट