May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

‘रिटर्नी सेन्टर नेपाल’ भातृ संगठन बनायो माओवादीले

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १0:४३
‘रिटर्नी सेन्टर नेपाल’ भातृ संगठन बनायो माओवादीले

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई समेट्न ‘रिटर्नी सेन्टर नेपाल’ नामको छुट्टै भातृ संगठन बनाएको छ । योसँगै माओवादी केन्द्रको भातृ संगठनहरुको संख्या २४ पुगेको छ ।

हाल देवेन्द्र सम्बाहाम्फेको संयोजकत्वमा ५१ सदस्यीय ‘रिटर्नी सेन्टर नेपाल’ राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ । भेला सम्पन्न गर्न विभिन्न कमिटीहरु पनि गठन गरिएको छ । भिम लकान्द्रीको नेतृत्वमा विधान मस्यौदा समिति, निमेष वलीको संयोजकत्वमा डिजिटल तथा प्रचार प्रसार समिति, हेमन्त पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

यही जेठ २६ गते राष्ट्रिय भेला गर्ने तयारी भइरहेको प्रचार प्रसार समिति संयोजक वलीले जानकारी दिए । उनका अनुसार त्यो भेलाले तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने छ ।

गत बिहीबार र शुक्रबार बसेको माओवादी पदाधिकारी बैठकले ‘रिटर्नी सेन्टर नेपाल’ नामको भातृ संगठन गठन गर्ने निर्णय गर्दै त्यसबारे जानकारी दिन तल्लो तहका कमिटीहरुलाई सर्कुलर गरिसकेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई समेट्न एमालेले पनि ‘रिटर्नी फेडरेशन नेपाल’ नामको जनवर्गीय संगठन बनाएको छ । त्यसको नेतृत्व उत्तम अधिकारीले गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।