sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ऋषेश्वरको पूजा, आराधना गरेपछि तीज पर्व समापन

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १५:१९
ऋषेश्वरको पूजा, आराधना गरेपछि तीज पर्व समापन
  • प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ
  • अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेपछि तीज पर्व समापन

काठमाडौँ ।।

ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत स्थलमा गई विधिपूर्वक दत्तिउन र गोबरले स्नान गरेपछि ऋषेश्वर मन्दिरमा गई पूजा लगाउने गर्छन् ।

टेकु र मूलपानीको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिर हुन् । जहाँ सनातनकालदेखि नै भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भीड लाग्ने गरेको छ । आज भने तिथि ढिला लागेकाले करिब ११ बजेपछि भक्तजनको बढी भीड लागेको जनाइएको छ ।

यस वर्ष आज बिहान सूर्योदयकालमा चौथी तिथि भए पनि मध्याह्नकालमा पञ्चमी तिथि लाग्ने भएकाले आजै ऋषिपञ्चमी पर्व मनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको थियो । आज नेपाली नारीले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेपछि तीज पर्व समापन हुन्छ ।

आइतबार बेलुकी दर खाएपछि यस वर्षको तीज सुरु भएको थियो । नेपाली नारीले मात्र मनाउने मौलिक पर्वका रुपमा रहेको तीज पर्व सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतलगायत वैदिक सनातन हिन्दू धर्मावलम्बीको बसोबास रहेका मुलुकमा पनि मनाउन थालिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid