April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु

बालक मृत्यूको घटना जनप्रतिनिधिको रोहवरमा इनरुवा नगरपालिकाको कार्यालयभित्रै लेनदेनमा मिलाइयो

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १४:१८
बालक मृत्यूको घटना जनप्रतिनिधिको रोहवरमा इनरुवा नगरपालिकाको कार्यालयभित्रै लेनदेनमा मिलाइयो

इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवासँगै जोडिएको एक औषधी पसलमा उपचारको क्रममा एक बालकको मृत्यू भएको घटना इनरुवा नगरपालिका कार्यालयभित्र आर्थिक लेनदेनमा टुङ्ग्याईएको छ ।

शनिवार उपचारका लागि अस्पतालको पश्चिम गेट नजिकै रहेको साएमा फार्मेसी नाम गरेको औषधी पसलमा उपचारका लागि सप्तरी घर भई इनरुवा ४ मा रहेको माइतघर आएकी गोमीदेबी मेहता र चन्दन मेहताका छोरा मितेष मेहतालाई विरामी भई उपचार गराउनका लागिएको थियो।

उपचारको क्रममा औषधी पसलमा ल्याईका बालकलाई औषधी पसलमा चेकजाँच गरी औषधी दिएर घर पठाएको बताइन्छ । औषधी सेवन गर्न थालेपछि बालकको अवस्था झन गंभिर बन्दै गएपछि उनलाई पुनः औषधी पसल ल्याईएको थियो ।

औषधी पसलमा अचेत अवस्थामा ल्याइएका बालकलाई तत्कालै सञ्चालक समिद आलमले थप उपचारका लागि जिल्ला अस्पतालको इमरजेन्सीमा लैजान सुझाव दिएका थिए । सोहीअुनसार इनरुवा अस्पतालको इमरजेन्सी कक्षमा चेकजाँच गर्दा बालकको मृत्यू भइसकेको अस्पतालले जनाएको बताइएको छ ।

समिद आलम सञ्चालक रहेको सो फार्मेसीमा उपचारपछि बालकको मृत्यू भएको उनका आफन्त र इनरुवा ४ नम्बर वडामा उनका आफन्तका छिमेकीले औषधी पसलको लापरवाहीका कारण बालकको मृत्यू भएको भनि विरोध गरेपछि घटनालाई मिलाउन दुई पक्षीय छलफल राखिएको थियो ।

आइतवार इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमारी मेहताको कार्यकक्षमा सिसाको ढोकामा पर्दा लगाएर मृतक बालकका आफन्त, औषधी ब्यवसायीका प्रतिनिधि, उनी निकटवर्तीहरु, इनरुवा ४ नम्बर वडाका वडाध्यक्ष बौवालाल मेहता, इनरुवा ९ नम्बर वडाका वडाध्यक्ष बसिरमुद्दीन मन्सुरी, नेपाली कांग्रेसकी नेतृ फरिदा खातुनसहितले छलफल गरेका थिए।

छलफलको क्रममा मृतक बालकका बाबुआमालाई क्रियाखर्च र क्षतिपूर्तिबापत भन्दै ५५ हजार रुपैया दिने सहमति भएको बताइन्छ । छलफलमा सहभागि वडा नम्बर ४ का वडाध्यक्ष बौवालाल मेहताले आफूलाई पञ्चेतीमा बस्न मन नभएपनि सबैको आग्रहमा बसेको बताउँदै औषधी पसलेले मृतक परिवारलाई क्षतिपूर्तिबापत केही रकम दिने सहमति भएको जानकारी दिए ।

इनरुवा ९ का वडाध्यक्ष बसिमुद्दीन मन्सुरीले नगरपालिका कामको शिलशिलामा जाँदा दुइ पक्षीय छलफलमा बोलाएकोले के रहेछ भनेर बुझ्न आफूपनि सहभागि भएको जानकारी दिदै मृतक बालकको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले सबैको आग्रहमा क्रियाखर्च बापत ५५ हजार रुपैया दिने सहमति भएको बताए ।

उपमेयर विनिताकुमारी मेहता शल्यक्रिया गरेर घरमै आराम गरिरहेको अवस्थामा उनको कार्यकक्ष छलफलका लागि प्रयोग भएको थियो ।

मेयर केदार भण्डारीले त्यस्तो गंभिर घटनाको विषयमा कार्यालयभित्र पदाधिकारीकै कार्यकक्षमा दुई पक्षीय छलफल हुनु दुखद् भएको र त्यसरी छलफलका लागि उपमेयरको कार्यकक्ष प्रयोग गर्नु सम्बन्धित ब्यक्तिहरुको गल्ती भएकोले यस विषयमा आफूले आवश्यक जानकारी लिने बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।