April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

सत्तारुढ गठबन्धनको बैठक सुरु

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १६:२८
सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौं । मधेश सरकारमा मन्त्रालय भागबण्डाको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार दिउँसो साढे २ बजे सुरु भएको बैठकमा मन्त्रिपरिषद विस्तारको विषयमा छलफल हुने सत्ता गठबन्धनका एक नेताले बताए ।

राष्ट्रपति चुनावपछि काठमाडौंमा फेरिएको सत्ता समीकरणपछि २२ चैतमा नेकपा एमालेले सरकार छाडेको थियो ।

त्यसपछि मधेश सरकारका ४ वटा मन्त्रालय खाली छ । मुख्यमन्त्रीले हालै मन्त्रालयहरुको पुनर्संरचना र कार्यक्षेत्र हेरफेर पनि गरेका छन् । जसले गर्दा मन्त्रिपरिषदमै रहेका ४ मन्त्री मन्त्रालयविहीन छन् ।

मुख्यमन्त्री सरोजकुमार यादव निकट स्रोतका अनुसार मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयबाहेकका अरु मन्त्रालयहरुको कार्यक्षेत्र हेरफेर गरेर मन्त्रालयहरु फेरि पुनर्संरचना हुन सक्नेछ ।

मधेशमा सत्तारुढ गठबन्धनले नेतृत्वमा आलोपालो गर्ने सहमति गरेको थियो । पहिलो पालोमा भने जसपाले नै सरकारको नेतृत्व गर्ने सहमति भएको दलहरुले बताएका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट