May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

गर्भवतीको मृत्युपछि सिन्धुली अस्पताल तनावग्रस्त, बिहानैदेखि सबै सेवा ठप्प

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० ११:0४
गर्भवतीको मृत्युपछि सिन्धुली अस्पताल तनावग्रस्त, बिहानैदेखि सबै सेवा ठप्प
सिन्धुली । गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि सिन्धुली जिल्ला अस्पतालको सेवा ठप्प भएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूहरू असुरक्षित भएको भन्दै बहिरंग, इमर्जेन्सीलगायत सेवा बन्द गरेका छन् । आक्रोशित स्थानीयले बीपी राजमार्गसमेत अवरुद्ध गराएका छन् ।

अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

कमलामाई नगरपालिका-५ की गंगा गुरूङ श्रेष्ठ मंगलबार बिहान १० बजेतिर अस्पताल आएकोमा त्यहाँबाट रिफर गरेपछि बर्दिबास लगिएको थियो । ती महिलाको बर्दिबास लैजाने क्रममा मृत्यु भएको थियो । सिन्धुलीमा गलत औषधि चलाएकाले मृत्यु भएको बर्दिबासका डाक्टरले बताएको आफन्तको दाबी छ । डाक्टरको लापरबाहीबाट मृत्यु भएको भन्दै आफन्तले मंगलबार सिन्धुली अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । डाक्टरलाई कारबाही, मृतकका परिवारलाई क्षतिपूर्तिलगायतको माग राख्दै आक्रोशित भिडले जिल्ला अस्पताल र आँखा अस्पतालमा क्षति पुर्‍याएको थियो ।

भिड नियन्त्रणको क्रममा इन्स्पेक्टर रामभक्त भट्टराईसमेत घाइते भएको सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।

मंगलबार राति मृतकका आफन्तसँगको छलफलमा सत्यतथ्य छानबिन गर्ने सहमतिसहित बुधबार बिहान ८ बजे पीडित पक्ष र अस्पतालका प्रतिनिधिबीच पुनः बैठक बस्ने सहमति भएको थियो । छानबिन समिति गठन गरी प्रतिवेदन अनुसार कानूनी कारबाही अघि बढाइने सहमति भएको एसपी सिलवालले जानकारी दिए । अस्पतालले भने घटनाबारेमा कुनै ओैपचारिक धारणा सार्वजनिक गरेको छैन ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।