October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

पहिचानपक्षधरको आज विराटनगरमा बृहत मोटरसाईकल ¥याली, सुरक्षा व्यवस्थापनमा कडा

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:३६
पहिचानपक्षधरको आज विराटनगरमा बृहत मोटरसाईकल ¥याली, सुरक्षा व्यवस्थापनमा कडा

विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल ¥याली प्रदर्शन गर्ने

सुरक्षा व्यवस्थापनमा कडा

विराटनगर । कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आज विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल ¥याली प्रदर्शन गर्ने जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेबाट कुनै पनि सार्वजनिक स्थानहरुमा भेला तथा जुलुस नगर्न भन्दै सुचना जारी गरेको छ। यस अघि पनि विराटनगरमा पहिचान पक्षधरले पटक पटक कोशी प्रदेशको नामाकरणको विषयमा आन्दोलन गर्दै आएको छ । आन्दोलन कै क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीहरु बिच झडप हुदै आएको थियो ।

पहिचान पक्षधरले आज बृहत मोटरसाईकल ¥यालीसंगै विराटनगरको महेन्द्र चौकमा कोणसभा गर्ने जनाएको छ । यता प्रदेश प्रहरी कार्यलय विराटनगरले सुरक्षा व्यवस्थापनमा कडाईका साथ सुरक्षाकर्मी परिचालन गरेको छ । कुनै पनि अप्रिय घटना नघटोस भनेर ७ सय नेपाल प्रहरी र ५ भन्दाबढी सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । अहिले विराटनगरको महेन्द्र चौक , रोडशेष चौक , मुख्यमन्त्री कार्यालय र निवासमा तैनाथ रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज दिउँसो १ बजे ईटहरीमा भेला भई विराटनगरमा आएर कार्यक्रम गर्ने तय गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट