July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बैठक जारी

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० ११:२३
बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजायँ माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजायँ माफ हुने संवैधानिक व्यवस्था छ ।सरकारले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजायँ माफ गर्ने तयारी गरेको छ ।

यसअघि राष्ट्रपति कार्यालयमा पुगिसकेको त्यस सम्बन्धी पत्र राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाइदिएको थियो ।
कैदी बन्दीको सजाय माफबारे शनिबारको बैठकमै निर्णय हुने सम्भावना थियो । तर महान्यायाधिवक्ताको कार्यालयको राय नआइसकेकाले निर्णय हुन सकेको थिएन । मन्त्रिपरिषदको बैठकमा सोमबार सार्वजनिक हुने बजेटका प्राथमिकता र बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा पनि छलफल हुने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्