sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० ११:२६
गाउँ गाउँमा पुगेर उपचार गर्दै विदेशी चिकित्सक मार्ता


हुम्ला ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ । नेपाल घुम्न आएको बेला हुम्ला पुग्नुभएको मार्ताले दुर्गमका बिरामीलाई गाउँमै पुगेर उपचारमा सहभागिता जनाउनुभएको हो ।

चिकित्सक मार्ताले पेसाले चिकित्सक हुनुहुन्छ र नेपाल घुम्ने क्रममा हुम्ला जिल्लामा पुगेपछि दुर्गमका बस्तीमा बस्दै आउनुभएका बिरामीलाई उपचारमा सरिक हुनु आवश्यक ठानेपछि बिरामीको चेकजाँचमा सहभागिता जनाएको बताउनुभयो ।

स्पेन अध्ययनका क्रममा सँगैको चिकित्सक साथी हर्कसिंह भण्डारीलाई भेट्न हुम्ला पुग्नुभएको हो । हुम्ला पुगेकै समयमा उहाँले बिरामीको उपचारका लागि एक दिन पैदल हिँडेर गाउँतिर लाग्नुभएको हो ।

स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएको हेल्थ अस हुम्लाका एचए नारायण फडेराले चिकित्सक मार्ताले चार दिन लगाएर गाउँका बिरामीको उपचारमा सहभागिता जनाएको बताउनुभयो । एउटा बस्तीबाट उहाँले चारदेखि पाँच घण्टा पैदल हिँडेर उपचारमा सहभागिता जनाउनुभएको हो । यो बीचमा उहाँले २५ जना जटिल खाले र अन्य सामान्य बिरामीको निःशुल्क उपचार गर्नुभएको थियो ।

उहाँले चिकित्सक मार्ताले चेकजाँच गर्ने र हेल्थ असले बिरामीका लागि आवश्यक औषधिको व्यवस्था पनि निःशुल्क गरेको बताउनुभयो । सबै खाले बिरामीलाई निःशुल्क उपचार र औषधिको व्यवस्था गरिएपछि बिरामी समेत निक्कै हर्षित हुनुभएको थियो । चिकित्सक मार्ताले उपचार गरेका गाउँहरूमा सिमकोट गाउँपालिका– १ र २ को ठेहे र दोजाम तथा खार्पुनाथ गाउँपालिका–५ को ताक्ला बाम्टा गाउँका बिरामीहरू रहनुभएको थियो ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid