sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

म अनुरोध गर्छु, यो संसदको दुरुपयोग नगरिदिनुस् : रवि लामिछाने

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १४:२३
म अनुरोध गर्छु, यो संसदको दुरुपयोग नगरिदिनुस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका नेताहरुले संसदको रोष्ट्रमलाई एक अर्काप्रति कटाक्षका लागि मात्र प्रयोग गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ठूला दलका नेताहरुले आफ्नो कार्यकालमा गरेको कामको विवरण संसदमा सुनाए पनि सरकारी अस्पताल र विद्यालय हेर्दा उनीहरुको काम कस्तो छ थाहा हुने बताए ।

‘तपाईंहरुले यो ३० वर्षमा के गर्नुभयो ? कसो गर्नुभयो बुझ्नका लागि एक पटक कान्ति बाल अस्पताल जानुहोला, सरकारी कुनै अस्पताल जानुहोला, गरिब विपन्न मानिसहरु पढेका विद्यालय जानुहोला, तपाईंले चुनेको, जानेको, ठानेको यहाँ जान्छु भनेर तपाईंले चुज गरेको ठाउँ गएर हेर्नुहोला’ रविले भने ।

विगत ३० वर्षमा विकास बजेट र तलबका लागि खर्च हुने बजेट ठीक उल्टो गरी परिवर्तन भएको भन्दै प्रश्न उठाए ।

उनले भने, ‘३० वर्ष अगाडि हाम्रो बजेटमा सय रुपैयाँमा ३० रुपैयाँको तलब खुवाउने रहेछौं । ७० रुपैयाँ विकास गर्दा रहेछौं । अहिले ठ्याक्कै उल्टो ७० रुपैयाँको तलब खुवाउने ३० रुपैयाँ विकास वजेटमा खर्च गर्ने होइन छुटयाउने अवस्थामा हामी आएका छौं ।’

एक अर्काको छेडाखानी गर्ने वा मुल्याङ्कन गर्ने भए चिया खाएर संसद बाहिरै गर्न लामिछानेले सुझाव दिए । ‘यो ३० वर्षको मूल्याङ्कन गर्दा संसदमा उभिएर तपाईंहरुले एक अर्कालाई छेडखानी गरिरहनुपर्दैन ।

यसका लागि एक अर्काको घरमा गएर चिया खाएर कुराकानी गर्नुस्, मज्जाले गफ गर्नुस् । यो महत्वपूर्ण नेपाली जनताले आशा गरेर हेरेको यो संसदको दुरुपयोग नगरिदिनुहुन म अनुरोध गर्न चाहन्छु’, उनले भने ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid