May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

म अनुरोध गर्छु, यो संसदको दुरुपयोग नगरिदिनुस् : रवि लामिछाने

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १४:२३
म अनुरोध गर्छु, यो संसदको दुरुपयोग नगरिदिनुस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका नेताहरुले संसदको रोष्ट्रमलाई एक अर्काप्रति कटाक्षका लागि मात्र प्रयोग गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ठूला दलका नेताहरुले आफ्नो कार्यकालमा गरेको कामको विवरण संसदमा सुनाए पनि सरकारी अस्पताल र विद्यालय हेर्दा उनीहरुको काम कस्तो छ थाहा हुने बताए ।

‘तपाईंहरुले यो ३० वर्षमा के गर्नुभयो ? कसो गर्नुभयो बुझ्नका लागि एक पटक कान्ति बाल अस्पताल जानुहोला, सरकारी कुनै अस्पताल जानुहोला, गरिब विपन्न मानिसहरु पढेका विद्यालय जानुहोला, तपाईंले चुनेको, जानेको, ठानेको यहाँ जान्छु भनेर तपाईंले चुज गरेको ठाउँ गएर हेर्नुहोला’ रविले भने ।

विगत ३० वर्षमा विकास बजेट र तलबका लागि खर्च हुने बजेट ठीक उल्टो गरी परिवर्तन भएको भन्दै प्रश्न उठाए ।

उनले भने, ‘३० वर्ष अगाडि हाम्रो बजेटमा सय रुपैयाँमा ३० रुपैयाँको तलब खुवाउने रहेछौं । ७० रुपैयाँ विकास गर्दा रहेछौं । अहिले ठ्याक्कै उल्टो ७० रुपैयाँको तलब खुवाउने ३० रुपैयाँ विकास वजेटमा खर्च गर्ने होइन छुटयाउने अवस्थामा हामी आएका छौं ।’

एक अर्काको छेडाखानी गर्ने वा मुल्याङ्कन गर्ने भए चिया खाएर संसद बाहिरै गर्न लामिछानेले सुझाव दिए । ‘यो ३० वर्षको मूल्याङ्कन गर्दा संसदमा उभिएर तपाईंहरुले एक अर्कालाई छेडखानी गरिरहनुपर्दैन ।

यसका लागि एक अर्काको घरमा गएर चिया खाएर कुराकानी गर्नुस्, मज्जाले गफ गर्नुस् । यो महत्वपूर्ण नेपाली जनताले आशा गरेर हेरेको यो संसदको दुरुपयोग नगरिदिनुहुन म अनुरोध गर्न चाहन्छु’, उनले भने ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।