sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गउँपालिका अध्यक्षले गराए विद्यालयकाे खाता राेक्का

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० 0८:१५
गउँपालिका अध्यक्षले गराए विद्यालयकाे खाता राेक्का

गनेश कुमार यादव
इनरुवा । भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अज्मल अक्तर अजादले श्री आधारभूत विद्यालयकाे खाता राेक्का गरेका छन् ।
भाेक्रहा नरसिंह गाउँपालिकाका अध्यक्षले आफैं पत्र काटी उक्त विद्यालयकाे खाता राेक्का गरेका हुन् ।

उक्त विद्यालयमा अङ्ग्रेजी बिषयकाृ शिक्षकाे ठाउँमा गापा अध्यक्षले सामाजिक बिषयकाे शिक्षक पठाएका थिए तर विद्यालयका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक समितिका अध्यक्षले उक्त सामाजिक बिषयका शिक्षकलाई हाजिरी नगराएपछी गापा अध्यक्षले उक्त सामाजिक बिषयका शिक्षकलाई हाजिरी गराउन दवाव दिंदै आएका थिए ।

प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक समितिका अध्यक्ष गाउँपालिकाका अध्यक्षकाे दवावमा नआइ उच्च अदालतमा मुद्दा दायर गरे र उच्च अदालतले विषयगत शिक्षक पठाउने अन्तरिम आदेश दिएकाे थियाे ।

उच्च अदालकाे अन्तरिम आदेश आएपछि गाउँपालिका अध्यक्षले उक्त विद्यालयकाे खाता राेक्का गर्न भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेलाई माैखिक आदेश दिएर उक्त विद्यालयकाे खाता राेक्का गरेकाे थियाे ।

उक्त कुरा जानकारी पाएलगत्तै नेविसंघ सुनसका पदाधिकारीकाे टाेली उक्त विद्यालय पुगि सत्यतथ्य बुझ्न पुगकाे थियाे । विद्यालयका प्रअ तेजनारायण साहले उच्च अदालकाे अन्तरिम आदेश आएपछि विद्यालयकाे खाता राेक्का भएकाे र अरु केही कुराहरु आफुलाई जानकारी नरहेकाे बताए ।

उक्त कुराबाे बुझ्न ने.वि.संघ सुनसरी बहुमुखी क्याम्पसका पदाधिकारीहरु भाेक्राहा नरसिंह गाउँपालिका पुगे । गापा पुगेर प्रमुख प्रशासकीय अधिकृत सुवर्ण धिमिरेलाई विद्यालयकाे खाता के कारण किन राेक्का गरिएकाे छ? भनी प्रश्न गर्दा उनले आफुलाई गापा अध्यक्षले माैखिक आदेश दिएकाे र आफुले राेक्का गरेकाे बताए ।

उनकाे जवाफ सुनेपछि नेविसंघका पदाधिकारीहरुले गापा अध्यक्षले लिखित रुपमा आदेश दिएकाे छ भने  देखाउनुस्   भने । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले लिखित रुपमा आदेश नदिइ माैखिक रुपमा दिएकाे भनेपछि उनलाई नेविसंघका पदाधिकारीहरुले माैखिक रुपमा खाता राेक्का गर्न पाउनु हुन्न भनेदै खाता पुन: सञ्चालन गरिदिन अनुराेध गरे ।

प्रमुख प्रशासकीय अधिकृतले आफ्नाे गल्ती महशुस गर्दै खाता सञ्चालन गर्न बैंकलाई पत्र काटी उक्त विद्यालयका प्रअ तेजनारायण साहलाई हस्तान्तरण गरे ।

दुई दिन नबित्दै गाउँपालिका अध्यक्ष आफैं पुन: उक्त विद्यालयकाे खाता राेक्का गर्न पत्र काटी खाता राेक्का गराएका छन् ।

विद्यालयकाे खाता राेक्का हुँदा पाठ्यपुस्तक खरिद गरणन तथा विद्यार्थीहरुलाई खाजा खुवाउन विद्यालय परिवारलाई सकस भैरहेकाे छ भने सम्बन्धित निकायहरु माैन बसेका छन् ।
उक्त विद्यालयमा लामाे समयदेखि अङ्ग्रेजी र गणित बिषय काु शिक्षक नभएका कारण उक्त विषय पढाइ भ‌रहेकाे छैन ।भनै गापा अध्यक्ष विद्यालयमा राजनीति र विद्यार्थीहरुकाे भविष्य संग खेलवाड गर्नमै व्यस्त छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० 0८:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid