May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

बस दुर्घटना हुँदा, ३ जनाको मृत्यु, २० घाइते

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १0:२४
बस दुर्घटना हुँदा, ३ जनाको मृत्यु, २० घाइते
  • झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा पर्यो 
  • तीन जनाको मृत्यु, दुर्घटनामा २० जना घाइते
  • घाइतेहरूको हेटौंडा अस्पताल र चितवनका अस्पतालमा उपचार हुँदै 

काठमाडौं।। 

झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ। बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ट्रक चालक तनहुँ पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।दुर्घटनामा २० जना घाइते छन्।

काकरभिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३-००१ ख २५८७ नम्बरको यात्रुबहाक बस र मकवानपुरको हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक ठक्कर खाएको थियो। दुर्घटनामा तनहुँ बन्दिपुर ६ का १७ वर्षीय तेजकुमार गुरूङ, सुनसरी भाती २ का ३० वर्षीय खिलराज दुलाल, इटहरी उपमहानगर ४ का ४० वर्षीय सुरेन्द्र गौतम, ३५ वर्षीय सम्झना गजुरेल घाइते छन्। यस्तै १२ वर्षीया सोराय गौतम, ३ वर्षीय सोडनेम गौतम, बसका सहचालक झापाको दमकका करिब ४० वर्षीय नगेन्द्र उप्रेती पनि घाइते छन्। भारतका ५२ वर्षीय सिडि माया, नामा एमसे, श्रीग धौगा, पासाङ काण्डु पनि घाइते छन्।

साथै इलाम माईजुमा ५ का ३० वर्षीय विनोद तामाङ, चुलाछुटी ५ का वीरबहादुर तामाङ, संखुवासभाका चन्द्रबहादुर तामाङ, संखुवासभाकै विर्खबहादुर तामाङ, इलामका मनोजकुमार लिम्बू, प्रवेश पटेल, झापा कमल ५ का पूणम गुरूङ घाइते छन्। भारतका छोमी लोप्चा, नामग्याल दोर्जे, माया लोप्चा पनि घाइते रहेको प्रहरीले जनाएको छ। झापाको अर्जुनधारा ११ का हरिनारायण विश्वकर्मा, इटहरीका अनिलकुमार थापा, झापाका धनबहादुर लिम्बू, झापाकै नयन खनाल घाइते छन्। भारतका छिरिङ पालेदेन र उर्लाबारीका अमि श्रेष्ठ पनि घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको हेटौंडा अस्पताल र चितवनका अस्पतालमा उपचार भइरहेको छ।
  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट